Below Menu
Below Menu

१३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल हुने 

१३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल हुने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १३ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार (आज) १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले सात अर्ब ७५ करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । 

बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी २०८१ असार १९ गते र १८२ दिन अवधिको असोज १५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल आज दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि राष्ट्र बैंकले पाँचअर्ब रुपैयाँ बराबरको २८ दिने, दश अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने र ६० करोड रुपैयाँ बराबरको १८२ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गरेको थियो । जसमा दश अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने अवधिको ट्रेजरी नयाँ र बाँकी नविकरण गरेको थियो । 

Advertisment

थप समाचार