काठमाडौं : प्राइम कमर्सियल बैंकले संस्थापक शेयर आजदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकको शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हो ।
बैंकले गत फागुन ३ गते विद्यमान संस्थापक सेयरधनीहरूका लागि सेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले १५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।
Advertisment