काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ बैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बैंकको २२औं वार्षिक साधारण सभा बैशाख १८ गते चितवनको टाँडीमा रहेको होटल स्टार चितवनमा बिहान ११ः३० बजे हुँदैछ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
सभाले गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गर्ने र बैंकको सहायक कम्पनी कोष व्यवस्थापक कम्पनी र गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी सभाले आव २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तीको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकलाई बैंकको लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
यसका साथै सभाले बैंकको केन्द्रीय कार्यालय (रजिष्टर्ड कार्यालय) को ठेगाना परिवर्तन गर्ने, अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तिरसमाहित हुने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, सञ्चालक समिति वा सञ्चालक समितिले तोकेका व्यक्तिलाई अख्तियारी दिन स्वीकृति दिने, सञ्चालकहरूको मनोनयन र निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
Advertisment