Below Menu
Below Menu

सगरमाथा आरोहणका लागि ५२ जनाले लिए अनुमति 

सगरमाथा आरोहणका लागि ५२ जनाले लिए अनुमति 

काठमाडौं : पर्यटन विभागले वसन्त ऋतुमा हिमाल आरोहणका अनुमति दिन शुरु गरेको छ । विभागले यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको हो । 

आइतबारसम्म सगरमाथा आरोहणका लागि ५२ जनाले आरोहण अनुमति पाएका छन् । विभागका सगरमाथा आरोहणका लागि ४ समूहका ५२ आरोहीले अनुमति पाएका हुन् । जसमा ११ महिला र ४१ पुरुषले अनुमति पाएका हुन् । 

आइतबारसम्म सात हिमाल आरोहणका लागि कुल १३ समूहका १ सय १४ जनाले आरोहण अनुमति पाएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति जारी भएको हो ।

त्यसैगरी अन्नपूर्ण हिमाल आरोहणका लागि दुई समूहका २४ जनाले अनुमति पाएका छन् । त्यस्तै अमादब्लम हिमालमा ३ समूहका २३ जनाले अनुमति पाएका छन् । विभागका अनुसार हिमलुङ हिमालका लागि ५ जना, पुथा हिउँचुलीका लागि ७ जना, कांग्री  सारका लागि २ जना र जुगल आरोहका लागि एक जनाले अनुमति पाएको विभागको तथ्यांकमा उल्लेख छ । 

हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट आठ करोड ३९ लाख ९२ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । 


 

Advertisment

थप समाचार