काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा दुई अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सर्वोत्तम सिमेन्ट्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४७ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त वित्तीय संस्था, माया खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज रिभर फल्स पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment