काठमाडौं : एक महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेसिएका छन् मा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् । जसमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला रहेका छन् ।
विभागका अनुसार फागुनमा ३९ हजार ९२० जनाले भने पहिलो पटक श्रम स्वीकृति लिएका छन् । त्यसैगरी ३१ हजार ८९८ जनाले संस्थागत श्रम स्वीकृति (मेनपावरमार्फत) लिएर विदेश गएका छन् । फाुगनमा ७हजार ४४७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने ५७५ जना जी–टु–जी मार्फत श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।
यस अवधिमा उच्च दक्ष जनशक्ति ८५ जना विदेसिएका छन् भने प्रोफेसनल ३४९ जना, अर्धदक्ष जनशक्ति पाँच हजार १६० जना विदेश गएका छन् । फागुनमा वैदेशिक रोजगरीका लागि दक्ष जनशक्ति ४७ हजार ५७७ जना अदक्ष जनशक्ति १२ हजार ४८७ जना विभिन्न मुलुक गएको विभागको तथ्याङ्कले देखाएको छ ।
Sponsored Advertisment