काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौला विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।
विभागका लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा आयोगले लेखापाल निरौलालाई सेवाग्राहीबाट १५ हजार हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
निरौलाले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आयोगले उनी विरुद्ध सोही रकम बराबरको विगो जरिवाना मागदाबी गर्दै सोमबार बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
Advertisment