काठमाडौं : मधेश प्रदेशका ३१० सहकारी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा सिरहाका १२१, सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ सहकारी छन् ।
ती सहकारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको छ ।
हालसम्म सरकारको सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आवद्ध नभएको र आवद्ध भएकाहरुले पनि प्रतिवेदन पेश नगरेको तथा पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको भन्दै ३५ दिने सूचना जारी गरेको हो ।
समयसिमा भित्र सम्पर्कमा नआए कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयका रजिष्ट्रार राममणि अधिकारीले वित्तीय पोस्टलाई जानकारी दिए ।
Advertisment