काठमाडौं : हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १३ लाख २७ हजार ८६७ कित्ता बिक्री गर्न लागेको हो ।
बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको नाममा रहेको ३० हजार, नम्रता श्रेष्ठको ७ लाख ५० हजार ३९४, नारायण श्रेष्ठको ४ हजार, प्रकाश तायलको ३ लाख ८ हजार ३४८, तुलसी राम नेपाल ७ हजार ४०९, ईश्वर लाल श्रेष्ठको १ लाख ५ हजार ८०४ कित्ता, नरेश विक्रम सिजापतिको २२ हजार ३१३ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीहरले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा संस्थापक शेयरधनीले आवेदन नदिएमा प्रचलित कानुन बमोजिक सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्कासन गरिने बैंकले जनाएको छ ।
Sponsored Advertisment