Below Menu

किसान र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता 

किसान र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता 

काठमाडौं : किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चैत १८ गते आइतबार दुई लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको हो । गत साउन ९ गते मंगलबार यी दुई संस्थाबीच मर्जरको प्रारम्भिक सम्झौता भएको थियो।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त वित्तीय संस्थाले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात कायम भएको छ ।

हाल जाल्पा सामुदायिक लघुवित्तको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।