काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा दुई अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज गोर्खाज फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज ज्योति विकास बैंक डिबेञ्चरको शेयरमूलय ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Sponsored Advertisment
Advertisment