Below Menu
Below Menu

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि २४.७४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार