Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने, बैशाख १२ गते डाक्यो साधारणसभा

सर्वोत्तम सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने, बैशाख १२ गते डाक्यो साधारणसभा

काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्तावसहित बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा २०८१ वैशाख १२ गते, बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभाले शेयरधनीलाई कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले आर्थिक वर्ष २०७२/८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ । 

यसका साथै सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ५ जना, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सहित ७ जना सञ्चालक नियुक्ती समेत गर्ने भएको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत ३० गते एक दिन कम्पनीको बुकक्लोज गर्ने भएको छ । जस अनुसार चैत २९ गतेसम्म शेयर कारोबार भई शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी गराएका शेयरधनीहरूले उक्त सभामा भाग लिन र लाभांश समेत पाउनेछन् । 

Advertisment

थप समाचार