काठमाडौं : प्रभु बैंक लिमिटेडले साढे एक लाख कित्ता संस्थापक शेयर आजदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि एक लाख २०९ कित्ता शेयर बिक्री खुल्ला गरेको हो ।
बैंकले तीन जना शेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो । चिरञ्जीवी श्रेष्ठको नाममा रहेको ८९ हजार ४ सय १५, गोविन्द प्रसाद ज्ञवालीको नाममा रहेको १९ हजार ७ सय ६ र भारती कुमारी आचार्यको नाममा रहेको ५१ हजार ८८ गरी जम्मा १ लाख ६० हजार २ सय ९ कित्ता शेयर रहेको छ ।
बैंकको उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।
Advertisment