काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घट पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा दुई अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज रिभर फल्स पावर लिमिटेडको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment