काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेले सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १४.२५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार संस्थाको ४७ लाख ४७ हजार ५५५ दशमलव ९४१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment