काठमाडौं : नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालयलाई बिचौलिया र घुसखोर मुक्त गर्न आफू कठोर रुपमा प्रस्तुत हुन लागेको बताएका छन् । मन्त्रालय मातहतका विभागिय प्रमुख, महाशाखा प्रमुख र उपत्यका कार्यालय प्रमुखलाई राखेर मालोत र नापी कार्यलयलाई बिचौलिया र घुसखोर मुक्त बनाउन कडा निर्देशन दिए ।
आज मन्त्रालयमा कार्यालय प्रमुखसँग शुसासन प्रबद्र्धन र गुणस्तरीय सेवा प्रवाहका विषयमा आफू मन्त्री भएको करिब १ महिनामा भएका कामको रिपोर्टिङ लिएपछि यस्तो निर्देशन दिएका हुन् ।
बिचौलिया प्रयोग गरि गलत काम गर्ने अभिलेख बेपत्ता पार्ने, घुस खानमा चर्चामा आएका उपत्यकाका केही मालपोत र नापी कार्यलयहरुमा सरुवा हुन वा टिकी राख्न मन्त्री वा सचिव समेतलाई प्रभावमा पार्न खोज्नेलाई पहिचान गर्दै आवश्यक कारबाही गर्न आफूले सूचना संकलन गरी रहेको बताए ।
सो अवसरमा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बोल्दै मन्त्रीको कडा निर्देशन मुताविक उपत्यकाका मालपोत र नापी कार्यलयलाई बिचौलिया मुक्त गर्न सबै कार्यालय प्रमुखलाई निर्देशन दिए ।
कार्यलयका फाइल बिचौलियाले पल्टाउने कर्मचारी हो की विचौलया? चिन्नै गाह्रो हुने, कहिले काँही त कर्मचारी नै बिचौलिया बन्ने गरेको जानकारी आफूले पाएको बताउँदै त्यस्ता काम आजकै दिनबाट निशेध गर्न समेत उनले आग्रह गरे ।
सचिव दुवाडीले बिचौलिया र कर्मचारी उस्तै देखिने काम गर्ने कर्मचारी जुनसुकै पदको भए पनि कानुन अनुसार कारबाही गर्न मन्त्री अधिकारीले निर्देशन दिएकाले आफूले काराबाही गरेरै छाड्ने अठोट व्यक्त गरे ।
सो अवसरमा उपत्यकाका मालपोत र नापी कार्यालयका प्रमुखहरुले भवन नहुँदा भएका असुबिधा, न्यून बजेटमा काम गर्दा परेका समस्या लगायतका विषयमा मन्त्री र सचिवको ध्यानाकर्षण समेत गराएका थिए ।
Advertisment