काठमाडौं : एनएमबि बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको ५२ हजार १७२ कित्ता सेयर आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । बैंकले चैत १६ गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको थियो ।
बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । यसमा न्यूनतम १२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ।
आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्ने छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जनाएको छ ।
Advertisment