Below Menu
Below Menu

युनाईटेड अजोड इन्स्योरेन्सको १६ हजार ५९३ कित्ता शेयर बिक्रीमा

युनाईटेड अजोड इन्स्योरेन्सको १६ हजार ५९३ कित्ता शेयर बिक्रीमा

काठमाडौं : युनाईटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ५९३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान शेयरधनीले खरिद गर्न पाउनेगरी शेयर बिmत्रीमा ल्याएको हो । 

इन्स्योरेन्सले शेयरधनी निरज श्रेष्ठको नाममा रहेको १३ हजार २८० कित्ता र सुवास न्यौपानेको नाममा रहेको ३ हजार ३१३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता मूल्य २०५ रुपैयाँ तोकिएको छ । 

कम्पनीको शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजात सहित इन्स्योरेन्सको प्रधान कार्यलय सिटिसि मल सुन्धारामा आवेदन पेश गर्नुपर्नेछ  । 

यसका साथै तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा शेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने संस्थाले जनाएको छ । 

Advertisment

थप समाचार