Below Menu
Below Menu

याक एण्ड यती होटेलले बैशाख १३ गते डाक्यो साधारणसभा 

याक एण्ड यती होटेलले बैशाख १३ गते डाक्यो साधारणसभा 

काठमाडौं : याक एण्ड यती होटेल लिमिटेडले बैशाख १३ गते ४७औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बिहिबार दिउँसो ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा हुनेछ । 

सभाले संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७९/२०८० को संचालक समितिको ४७ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा वा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरु स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको तर्फबाट संचालकले बैंकमा व्यक्तिगत जमानत दिने सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ ।

Advertisment

थप समाचार