काठमाडौं : कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुलचन्द्र पराजुली नियुक्त भएका छन्। कम्पनीको चैत्र २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको सो पदमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पराजुली यस अघि इन्फिनिटी लघुवित्तमा आवद्ध रहेका थिए । समितिको बैठकले उनलाई २०८१ वैशाख २ गतेबाट सुरु हुने गरी नियुक्त गरेको हो ।
Advertisment