काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३.४३ अंकले घटेर २००६.७८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीर्न अर्ब तीन करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुुधबार नेप्सेमा दुई अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज गोर्खाज फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मानुषी लघुवित्त वित्तीय संस्था कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment