झापा : नेपालको सबैभन्दा ठूलो सहकारी ‘सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.’ (सहारा नेपाल साकोस) स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ ।
सदस्य सञ्जाल, कुल वासलात, संस्थागत पुँजी (रकममा), सेयर पुँजी लगायत अन्य धेरै सूचकले नेपालको सबैभन्दा ठूलो सहकारी हो सहारा नेपाल साकोस । संस्थाले बुधबार आफ्नो २९औं स्थापना एक भव्य समारोह बीच मनाएको छ ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व उप-प्रधानमन्त्री तथा प्रतिनिधि सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्य रहेको थियो ।

संस्थाले स्थापना दिवसको अवसरमा बिर्तामोडस्थित सिटी सेन्टरमा जीवन बदल्ने प्रवचन र ऐतिहासिक फोटो प्रदर्शनी, सदस्यको ऋण मिनाह, वृहत स्वास्थ्य शिविरदेखि अन्य विविध कार्यक्रम गरी मनाएको छ ।
त्यस्तै चैत २२ र २३ गते युवा लक्षित कार्यक्रम अन्तर्गत सुपर लर्निङ, चैत २४ गते तनाव ब्यवस्थापन लगायतका कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए ।

यी हुन् संस्थाका महत्वपूर्ण गतिविधि
प्राकृतिक विपतिमा हातेमालो
– बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपत्तिमा ५९५७ जनालाई १,४०,००,००० बराबरको सहयोग प्रदान
– कोभिड महामारीको समयमा पीसीआर ल्याब, अक्सिजन बैंक स्थापनामा महत्वपूर्ण योगदान
गरिबी न्यूनीकरण
- संस्थाको महत्वपूर्ण उद्देश्य गरिबी न्यूनीकरण रहेको छ । यसको माध्यमबाट संस्थाले निरन्तर आफ्ना कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।
- लघुवित्त कार्यक्रममार्फत् गरिबी न्यूनीकरणमा सहयोग
- सिप, तालिम र उद्यमशीलता विकासमा सहयोग
- स्थानीय स्तरमा स्वरोजगारी सिर्जनामा सहयोग
उद्यमशीलता र रोजगारी सिर्जना
- प्रत्यक्ष रोजगारी: ५०१
- कृषि व्यवसायमार्फत् ९४६९ जनालाई रोजगार बनाइएको
- विदेशबाट फर्किएका र बेरोजगार युवालाई ४५०० वटा अटो रिक्सा प्रदान
- साना तथा मझौला उद्योगमार्फत् १८०० जना उद्यमी
- विभिन्न व्यवसायमार्फत् स्वरोजगार बनाइएको
सञ्जालीकरण तथा एकीकरण
- ACCU लगायतका ८ वटा नेटवर्कमा आबद्ध
- ८ वटा संस्थासँग एकीकरण
- ५ वटा दातृ संस्थासँग साझेदारी
कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग
- ९०० वटा स्यालो ट्युबवेल वितरण, ३० हजार हेक्टर जमिनमा सिंचाइ
- कृषिलाई व्यावसायिक बनाउन ६०० वटा टनेल वितरण
- २२ हजार सदस्यलाई कृषि प्राविधिक सहयोग
पशुपालन क्षेत्रमा किसानलाई सहयोग
- १० हजार ६५५ वटा पशुविमा सुरक्षा प्रदान
- ४० वटा फ्रेस हाउस निर्माणमा साझेदारी
- १० हजार २५५ जना किसानलाई तालिम प्रदान
स्वास्थ्य क्षेत्रमा योगदान
उपचार, अप्रेसन, दुर्घटना र विशेष रोगको उपचारमा शिक्षा क्षेत्रमा सहयोग ५६,२९,९९,३०० रुपैयाँ सहयोग
जैविक विविधता तथा वातावरण संरक्षणमा योगदान
- २३ हजार परिवारलाई सुधारिएको चुलो निर्माणमा सहजीकरण
- १२ हजार घरपरिवारलाई शौचालय निर्माणमा सहजीकरण
- ४ हजार वातावरणमैत्री घर निर्माणमा सहयोग
- ४० हजार सदस्यहरुलाई फलफूलको बिरुवा वितरण
- ८ हजार ४०० घरमा सोलार जडान
- ३ हजार ४५० घरमा बायोग्यास निर्माण
शिक्षा क्षेत्रमा सहयोग
- सहारा साकोस शिक्षा सदनमा ३८० जना विद्यार्थी अध्ययनरत
- २१९ जनालाई शिक्षाका लागि प्राविधिक छात्रवृत्ति प्रदान
- ४२ वटा सामुदायिक विद्यालयहरुमा प्राइमरी कक्षाका लागि फर्निचर सामग्री सहयोग
सामाजिक क्षेत्रमा योगदान
- २६ वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना
- विभिन्न पालिकाहरुलाई ६ वटा एम्बुलेन्स हस्तान्तरण
- ५ वटा खानेपानी ट्यांकी निर्माणमा सहयोग
- कनकाई सहारा सर्पदेश केन्द्र स्थापना
लैगिक समानता र सामाजिक समावेशीकरणमा योगदान
- सदस्यमा ८० प्रतिशतभन्दा बढी महिला सहभागिता
- सबै सदस्यको समान सहभागिता
- वित्तीय साक्षरतामार्फत् ३० हजारभन्दा बढी सदस्य लाभान्वित
सामाजिक सुरक्षा र सदस्यको संरक्षण
- ज्येष्ठ सदस्य, एकल महिला, पुरुषको लागि सुरक्षा कार्यक्रम
- दशकर्म तथा काजक्रिया खर्च उपलब्ध
- संस्थाद्वारा हालसम्म कुनै पनि धितो लिलामी गर्नु नपरेको
- सदस्य संरक्षणजन्तर्गत संस्थाले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड सर्टिफिकेसन प्राप्त गर्न सफल
- ६ हजार ५०१ जनाले ऋण मिनाहको सुविधा लिएको
युवा सहभागितामा वृद्धि
- युवाहरुलाई देशमै बसेर गर्न सक्ने उद्यमी बन्न प्रेरित गर्ने कार्यक्रम ल्याइएको
- विदेश जाँदा पनि सिप सिकेर मात्र जाने अभियान चलाइएको
- १२ हजार युवा सदस्य आबद्ध रहेको
प्रविधि मैत्री सेवा
सदस्यहरुलाई मोबाइल बैंकिङ, एटिएम, क्युआर कोड, इ–टेलर, क्यास डिपोजिट मेसिन सहितका प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराइएको ।
२०८० फागुन मसान्तसम्मको संस्थाको अवस्था
सदस्य संख्या : १,६९,१९२/-
शेयर पुँजी : १६८, ११४६,०००/-
ऋण लगानी : १०,८१,६८,२४,९१२/-
सेवा केन्द्र संख्या : ८१ वटा
बचत : १२,१२,७४२१२५०/-
जगेडा तथा अन्य कोष: १,२६,०२,१७,४३०/-
वासलात :१६०६४३६६८११/-
Advertisment