Below Menu
Below Menu

बैंकहरुमा ३२ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

बैंकहरुमा ३२ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ३२ करोड रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषको ३२ रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
कोषको उक्त रकम २०८१ बैशाख ३ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा २५ करोड ६० लाख, ‘ख’ वर्गका विकास बैंकमा ४ करोड ८० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा एक करोड ६० लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी माघ २४ गते राती ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार