थ्रीस्टार हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति, हकप्रद जारी गर्ने प्रस्ताव 

थ्रीस्टार हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति, हकप्रद जारी गर्ने प्रस्ताव 

काठमाडौं : थ्रीस्टार हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि बैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। जस अनुसार बैशाख ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् । 

हाइड्रोपावरको वार्षिक साधारणसभा बैशाख २३ गतेभक्तपुरको गट्ठाघरस्थित जर्मन होम्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले हकप्रद शेयर निष्कासनको प्रस्ताव अनुमोदन गर्नेछ। यसका साथै उपयुक्त नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ। 

त्यसैगरी सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्वका लागि २ जनाको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७९।८० को वार्षिक र आर्थिक प्रतिवेदन अनुमोदन गर्ने र आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

थप समाचार