काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८१ बैंशाख २५ गते, ९१ दिन अवधिको ट्रेजरी २०८१ असार २६ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ चैत २५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल आज दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि कार्यालयले चैत १९ गते १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
Advertisment