Below Menu
Below Menu

डिजिटल भुक्तानी मार्फत एक महिनामै साढे आठ खर्बको कारोबार

डिजिटल भुक्तानी मार्फत एक महिनामै साढे आठ खर्बको कारोबार

काठमाडौं : डिजिटल भुक्तानी मार्फत एक महिनामै साढे आठ खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा डिजिटल कारोबार र भुक्तानीमा उल्लेख्य वृद्धि भएको देखिएको हो ।

यस अवधिमा ८ खर्ब ६१ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार कनेट आइपिएस, इ– कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ताबाट भएको हो ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ४६.१२ प्रतिशत अर्थात दुई खर्ब ७२ अर्ब तीन करोड रुपैयाँले बढी हो । गत आवको फागुन मसान्तसम्म ५ खर्ब ८९ अर्ब ८१ करोड लाख रुपैयाँ बराबरको डिजिटल कारोबार भएको थियो ।

कुनबाट कति कारोबार ?

राष्ट्र बैंकका अनुसार चालु आवको फागुन महिनामा कनेक्टट आईपीएस मार्फत चार खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा तीन खर्ब ४० अर्ब एक करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, डेबिट कार्डमार्फत फागुनमा ९१ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने क्रेडिट कार्डमार्फत एक अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । फागुनमा इन्टरनेट बैंकिङ मार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, गत आवको फागुनमा मोबाइल बैंकिङ मार्फत एक खर्ब ९१ अर्ब ८२करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चालु आवको सोही अवधिमा दुई खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार फागुनमा क्यु्आर मार्फत ४२ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा क्युआर मार्फत १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै यस अवधिमा पोइन्ट अफ सेल्स पीओएस मार्फत पाँच अर्ब १८ करोड र इ–कमर्सबाट ६० करोड छ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

अन्य कारोबार 

यस बाहेक आरटीजीएसबाट ३४ खर्ब ५३ अर्ब ७४ करोड, एटीएम– क्यास वीथ ड्र– ८८ अर्ब ७ करोड रुपैयाँ, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी) ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ, डेविट कार्ड– ९१ अर्ब ४८ करोड रुपैयाँ क्रेडिट कार्ड– १ अर्ब ७६ करोड रुपैयाँ , प्रिपेड कार्ड– ६१ करोड र ब्रान्चलेस बैंकिङ– १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैैंकको तथ्यांकमा उल्लेख छ ।

साढे १८ प्रतिशतले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

राष्ट्र बैंकका अनुसार यस अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता १८.५३ प्रतिशत बढीले बढेका छन् । चालु आवको फागुनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ । गत आवको सोही अवधमिा यो संख्या २ करोड ६५ हजार २६७ थियो ।

यसैगरी फागुनमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ५.३९ प्रतिशतले बढेको छ । गत आवको फागुनमा १७ लाख ७९ हजार १३४ रहेको यो संख्या बढेर १८ लाख ७४ हजार ९८२ मा पुगेको छ ।

एक वर्षमै मोबाइल वाटेट प्रयोगकर्ताहरुको संख्या ४८ लाख ८१ हजार ८८८ अर्थात २९.१४ प्रतिशतले बढेर दुई करोड १६ लाख ३३ हजार ६०१ पुगेको छ । जबकी गत आवको सोही अवधिमा वालेट प्रयोगकर्ताहरु एक करोड ६७ लाख ५१ हजार ७१३ रहेका थिए ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड २६ लाख ५१ हजार १८५, क्रेडिट कार्ड प्रयोगकर्ता दुई लाख ८३ हजार २४, कनेट आईपिएस प्रयोगकर्ता १२ लाख २८ हजार १४० पुगेका छन् ।
 

Advertisment

थप समाचार