Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, चार अर्ब २६ करोडको कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, चार अर्ब २६ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो   अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९० कम्पनीको शेयरमूल्य बढेको छ । भने ४८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब २५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स गुराँस लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज तारागाउँ रिजेन्सी होटलको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Advertisment

थप समाचार