Below Menu
Below Menu

धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट, को–को परे ?

धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट, को–को परे ?

काठमाडौं : नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट भएको छ । बोर्डका अनुसार आवदेन दिएका १९ जनामध्येबाट कृष्णबहादुर कार्की, चिरन्जीवी चापागाई, डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ छनोटमा परेका हुन् । 

छनोटमा परेका मध्येबाट तीन जनाको नाम बोर्डको अध्यक्षमा नियुक्तिका लागि सिफारिस हुने छ र सरकारले त्यसमध्ये १ जनालाई नियुक्त गर्ने छ ।

बोर्डको अध्यक्षका लागि सर्ट लिस्टमा परेका कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत हुन् भने चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । 

गत पुस गतेबाट बोर्डका अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि रिक्त रहेको बोर्डको नेतृत्वका लागि सञ्चालक समितिले अध्यक्षका लागि आवेदन मागेको थियो ।

Advertisment

थप समाचार