Below Menu

अघि बढ्यो ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण, आठ वर्षपछि उत्पादन शुरु 

अघि बढ्यो ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण, आठ वर्षपछि उत्पादन शुरु 

काठमाडौं : बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण अघि बढाउने लागेको छ । 

विद्युत् विकास विभागले विद्युत उत्पादनको अनुमति अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पु¥याएकोसँगै आयोजनाको निर्माण अघि बढ्ने भएको हो । कम्पनीले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो । 

उक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ । यसका साथै विभागले एक सूचना जारी गर्दै सार्वजनिक सूचना प्रकाशन गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।

बेतन कर्णाली जलविद्युत् आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध–जलाशय)मा आधारित आयोजना हो । जसमा मुख्य पावर हाउसबाट ४३०.१३ मेगावाट  र वातावरणीय वहाबबाट थप ८.८ मेगावाट उत्पादन हुनेछ । उक्त आयोजनाबाट  वार्षिक सरदर २३०२.५ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ।

आयोजनाको मुख्य संरचना कर्णाली नदीको दायाँ किनारा ढकारी गाउँपालिकामा पर्दछ । आयोजनाको व्यवसायिक उत्पादन २०८८ भदौ १ गतेबाट हुने प्रस्ताव गरिएको छ । 

उत्पादित उर्जालाई राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको बेतन हब मार्फत नेपाल विद्युत प्राधिकरणको दोदोधारा सब स्टेशनमा जोडी एकीकृत विद्युत प्रणालीमा प्रवाह गरिने छ । 

कर्णालीको सुर्खेत र सुदूरपश्चिमको अछाममा पर्ने उक्त आयोजना निर्माणका लागि ८८ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 
 

थप समाचार