काठमाडौं : प्रभु बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैशाख २० गते, बिहीबार २२ औं साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण माथि छलफल गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि बैंकले बैशाख ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार बैशाख ३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
Advertisment