Below Menu
Below Menu

लालीगुराँस र गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान 

लालीगुराँस र गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दुई सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारी, र गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदावी गर्न भनेको हो ।

बचतकर्ताको रकम फिर्ता गर्न नसकी समस्यामा परेका लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई गत फागुन २९ गते र गौतमश्री बहुउद्देश्यीय सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले चैत १३ गते समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरेको थियो । 

यी दुई सहकारीहरुलाई सहकारी ऐन,२०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिमा आएको थियो ।

सोही बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकम समितिको वेवसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्न समितिले सूचना प्रकाशित गरेको हो ।


 

Advertisment

थप समाचार