काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब २५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स, पोखरा फाइनान्स र जानकी फाइनान्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment