गैंडाकोट : नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निरिक्षण गरेका छन् । सचिव दुवाडीले संस्थाले सञ्चालन गरेका अनुकरणीय सदस्य केन्द्रीत कार्यक्रमहरुका बारेमा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाहरुलाई संस्थाको तर्फबाट थप प्रस्ट पारिएको थियो । संस्थामा देखिएको सदस्यको विश्वासको स्तर र स्व-अनुशासनको बारेमा उच्च प्रशंसा गर्दै यो निरन्तर कायम राख्न आग्रह सचिव दुवाडीले गरेका थिए ।
वर्तमान परिवेशमा सहकारीको क्षेत्रमा देखिएका अन्यौल, सुधार गर्नु पर्ने पक्षहरु र अबको कार्यदिशाका बारेमा सुझाव तथा सल्लाह ग्रहण गर्नुको साथै व्यापक छलफल गरिएको थियो । कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एंव राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठक, नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक रुद्र पौडेल, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप सचिव विष्णु पौडेल, आनन्द बुर्लाकोटीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का लेखा सुपरिवेक्षण समिति संयोजक ईन्द्रराजज्योती पौडेल, संस्थाका पूर्व अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंक लि. का लेखा सुपरिवेक्षण समिति सदस्य केशवप्रसाद सापकोटा, गैंडाकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, संस्थाका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक, संस्थाका बर्तमान अध्यक्ष एंव पदाधिकारीज्यूहरु, सहकारी समन्वय मञ्चका पदाधिकारी र विभिन्न समिति तथा उप समिति पदाधिकारीको समेत उपस्थिति थियो ।
कार्यक्रममा सचिव दुवाडीले सहकारीमा देखिएको बर्तमान समस्या समाधानका लागी सुझावको अपेक्षा राखेका थिए । अहिलेको समसामयिक परिस्थितिमा सरकारले गर्नुपर्ने विषयहरु समेत सचिव समक्ष प्रस्तुत गरिएको थियो ।
सहकारी क्षेत्रमा देखिएको समस्या र भोग्नु परेको समस्या बारेमा जानकारी सचिव दुवाडीले गराएका थिए । उनले सहकारीहरु असल नियतले सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको संयोजन तथा अतिथिलाई स्वागत संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले गरेका थिए ।
Advertisment