Below Menu
Below Menu

सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका  लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार चैत्र २९ गते ईदको सार्वजनिक विदा परेकोले चैत्र २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

कम्पनीको वार्षिक साधारणसभा बैशाख १२ गते बुधबार रुपन्देहीमा हुनेछ । सभाले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट  शेयरधनीहरुलाई हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसका साथै सभाले आव २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ । 

त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु ५, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार