Below Menu
Below Menu

साढे चार प्रतिशत पुग्यो अन्तर बैंक ब्याजदर, कर्जा प्रवाहमा सुधार  

साढे चार प्रतिशत पुग्यो अन्तर बैंक ब्याजदर, कर्जा प्रवाहमा सुधार  

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर साढे ४ प्रतिश पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २१ गतेसम्म अन्तर बैंक ब्याजदर ४.४९ प्रतिशत कायम भएको छ ।

अर्थमन्त्रालयले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गरेसँगै बैंकिङ्ग प्रणालीमा तरलता रकम घट्न थालेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर बढेको हो ।

गत चैत २० गते मंगलबार ३.५३ प्रतिशत रहेको अन्तर बैंकदर बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा ६१ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन उक्त निक्षेप ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो ।

त्यसैगरी यस अवधिमा वाणिज्य बैंकहरु ५३ खर्ब ९४ अर्बमा रुपैयाँ निक्षेप रहेको छ भने अन्य वित्तीय संस्थाको निक्षेप एक खर्ब रुपैयाँले घटेर ७ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंकिङ प्रणालीबाट ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमा वाणिज्य बैंकहरुबाट ४५ खर्ब १ अर्ब रुपैयाँ र अन्य वित्तीय संस्थाबाट ५ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । 

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम घट्न थालेसँगै कर्जा निक्षेप अनुपात (सिडि रेसियो) पनि बढेको छ । यस अवधिमा सिडि रेसियो बढेर ८०.८८ प्रतिशत रहेको पुगेको हो ।
 

Advertisment