Below Menu
Below Menu

सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे एक लाख कित्ता बढी शेयर बिक्रीमा 

सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे एक लाख कित्ता बढी शेयर बिक्रीमा 

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंकको स्वामित्वमा एक लाख ४ हजार ६१२ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता २७५ रूपैयाँ तोकिएको छ । इन्स्योरेन्सको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर खरिदका लागि इच्छुक शेयरधनीले आवश्यक कागजात सहित जेठ १ गतेभित्र आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको शेयर विक्री प्रबन्धमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
 

Advertisment

थप समाचार