काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि फागुनसम्म बैंकहरुले ४२ अर्ब ३० करोड ७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
उक्त नाफा गत माघ मसान्तको तुलनामा ६ अर्ब ८१ करोड रुपैयाँले बढी हो । गत माघसम्म बैंकले ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका थिए । एक महिनामा बैंकहरुले १९.२० प्रतिशत अर्थात ६ अर्ब ८१ करोड ५ लाख रुपैयाँले नाफा बढाएका हुन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले यस अवधिमा साढे चार अर्ब बढी नाफा कमाएको हो । फागुन मसान्तसम्म बैंकको नाफा चार अर्ब ७२ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले तीन अर्ब ४३ करोड ३० लाख, प्राइम बैंकले २ अर्ब ८८ करोड ७८ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
राष्ट्र बैंकमा अनुसार फागुन मसान्तसम्म एनआईसी एसिया बैंकले २ अर्ब ५४ करोड २४ लाख, एभरेस्ट बैंकले दुई अर्ब २९ करोड ३४ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा एनएमबि बैंकले १ अर्ब ९२ करोड ५२ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ र सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड ६ लाख, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ र कुमारी बैंकले एक अर्ब ४२ करोड ३६ लाख नाफा कमाएका छन् ।
यस अवधिमा सिटिजन्स बैंकले एक अर्ब २२ करोड ६५ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले एक अर्ब १६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी यस अवधिमा सरकारी बैंक नेपाल बैंकले एक अर्ब २८ करोड २९ लाख रुपैयाँ, प्रभु बैंकले एक अर्ब ५१ करोड ४५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले एक अर्ब आठ लाख रुपैयाँ नाफा कमाएका छन् ।
Advertisment