काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा माण्डु हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो ।
आज वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment