Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकको आजको संयुक्त छलफलमा के भयो?

राष्ट्रिय सहकारी बैंकको आजको संयुक्त छलफलमा के भयो?

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति बीच आज संयुक्त छलफल भएको छ ।

राष्ट्रिय सहकारी बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलमा बैंकका अध्यक्षको बारेमा प्रकाशित समाचारहरु एवं बैंकमा पर्न सक्ने असरहरु, सरोकारवालाहरूले उठाएका चिन्ताहरूका विषयमा छलफल भएको थियो ।

छलफलमा बैंकका अध्यक्ष केबी उप्रेतीको भने उपस्थिती थिएन । अध्यक्ष उप्रेती उपचारकै क्रममा रहेको र छिट्टै नेपाल फर्कने परिवारले बताएको भनि छलफलमा ब्रिफ भएको थियो । बैंकका सञ्चालकहरुले अध्यक्ष उप्रेतीलाई छिट्टै झिकाई बैठक बस्नुपर्ने बताएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले दुवै समितिको छलफल बोलाएका थिए । छलफलमा गुरागाईले बैंकको पछिल्लो स्थितीबारेमा ब्रिफ गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकमा थप सुधार भएको एक सञ्चालकले बताए । वित्तीय सूचकहरुमा क्रमश सुधार हुँदै गएको व्यवस्थापनबाट ब्रिफ भएको ती सञ्चालकले बताए।

छलफलमा बैंकले सामना गर्ने समसामयिक समस्याहरू र आवश्यक कदमहरूमा व्यवस्थापनलाई मार्गनिर्देश समेत गराएको छ ।

Advertisment

थप समाचार