Below Menu
Below Menu

लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न बैशाख २० गते, बिहीबार साधारणसभा बोलाएको हो । 

उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले चुक्ता पूँजी १ अर्ब ५० करोड पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लासिग कम्पनीले बैशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार बैशाख ६ गतेसम्म कायम भएका शेयरधनीहरुले माध इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

Advertisment

थप समाचार