काठमाडौं : रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा सभा बोलाएको छ। कम्पनीले बैशाख २० गते, बिहीबार सातौँ र आठौँ वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।
यसका साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लासग कम्पनीले बैशाख १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार बैशाख ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
Advertisment