Below Menu
Below Menu

वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैत महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर औषतमा सामान्य घटेको छ । 

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत चैत महिनाको तुलनामा १३ बैंकहरुले बैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । त्यस्तै पाँच बैंकले चैत महिना कै ब्याजदरलाई कायम गरेका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन् ।

बैशाख महिनाका लागि बैंकहरुको व्यतिmगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ७.०७ प्रतिशत रहेको छ । चैतमा यस्तो ब्याजदर ७.२५ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.१८ बिन्दुले घटेको छ । 

त्यस्तै संस्थागतर्फ बैशाखका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ५.८१ प्रतिशत विन्दुमा झरेको छ । चैतमा यस्तो ब्याजदर ६.०० प्रतिशत रहेको थियो । यस अवधिमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशत विन्दुले घटेको हो । 

बैशाख महिनाका लागि एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका छन् । एनएमबि बैंकले चैतको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.९७ प्रतिशतविन्दु बढाएको छ भने एभरेष्टले ०.५ प्रतिशतले ब्याजदर बढाएको हो।

एनएमबि बैंकले बैशाखमा सबैभन्दा बढी ब्याज दिने भएको छ । एनएमबिले ५ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा ७.९७ प्रतिशतका दरले ब्याज दिने भएको छ । 

कृषि विकास बैंकले बैशाख महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने भएको छ । सो बैंकले अधिकतममा ५.६६६१ प्रतिशतका दरले ब्याज दिने भएको हो ।

बैशाखका लागि कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्र्ड चार्टर्ड, नबिल बैंक र हिमालयन बैंकले निक्षेपको ब्याजदर यथावत राख्ने भएका छन् । 

Advertisment

थप समाचार