Below Menu

सिईडिबि हाइड्रोपावरको ‘लक इन’ अवधि बैशाख ३० गते सकिने, ५९ लाख कित्ता बढी शेयर थपिदै

सिईडिबि हाइड्रोपावरको ‘लक इन’ अवधि बैशाख ३० गते सकिने, ५९ लाख कित्ता बढी शेयर थपिदै

काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) बैशाख ३० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७८ बैशाख ३१ गते कम्पनीका संस्थापक र कर्मचारीहरुका लागि ५९ लाख २६ हजार २३५ कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको  ५८ लाख ७५ हजार ८७०  कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको ५० हजार ३६५ कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार