काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४२ हजार कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयरधनी मधु सूदन शर्माको नाममा रेहेको १४ हजार कित्ता र प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९ सय ८२ कित्ता सयेर गरी कूल ४२ हजार ९८२ कित्ता बिक्रीमा ल्याएका हुन् ।
यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको शेयरमा संस्थापकहरुबाट आवेदन नपरेपछि बैंकले सर्वसाधारणका शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संघ संथाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र आफुले के कति कित्ता खरिद गर्ने हो खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।
Advertisment