काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको तीन लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउनेगरी तीन लाख ८ हजार ९२० कित्ता बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र आफुले के कति कित्ता खरिद गर्ने हो खुलाई बैंकको केन्द्रिय कार्यालय जाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर विक्री गरिने बैंकले जनाएको छ ।
Advertisment