Below Menu
Below Menu

हिमाल आरोहणबाट ३४ करोड बढी रोयल्टी संकलन 

हिमाल आरोहणबाट ३४ करोड बढी रोयल्टी संकलन 

काठमाडौं : हिमाल आरोहणबाट ३४ करोड बढी रोयल्टी संकलन भएको छ । पर्यटन विभागले वसन्त ऋतुमा हिमाल आरोहणका अनुमति दिन शुरु गरेको छ ।  

यस अवधिमा १९ हिमाल आरोहणका लागि ५५ टिमका ५१२ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिएका आरोहीबाट ३४ करोड ४३ लाख ९९ हजार ६५६ रुपैयाँ रोयल्टी उठेको हो । 

बुधबारसम्म विभिन्न १९ वटा हिमाल आरोहणका लागि अनमुति लिनेमा ३९६ पुरुष र ११६ महिलाले अनुमति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति जारी भएको हो ।

यस अवधिमा सगरमाथा आरोहणका लागि १८ समूहका २०९ जनाले आरोहीले अनुमति पाएका हुन् । जसमा ३९ महिला र १७० पुरुषले अनुमति पाएका हुन् । आरोहीबाट २९ करोड ७५ लाख २८ हजार ५३५ रुपैयाँ रोयल्टी उठेको छ ।

त्यसैगरी अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २५ जनाले अनुमति पाएका छन् । त्यस्तै अमादब्लम हिमालमा ६ समूहका ६६ जनाले अनुमति पाएका छन् भने कन्चनजंघाका लागि तीन समुहका ३१ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार मकालु आरोहणका लागि ४५ जना, ल्होत्सेका लागि ५५ जना, धौलागिरीका लागि १५ जना, हिमलुङका लागि ९ जना र जुगल आरोहका लागि २५ जनाले अनुमति पाएको विभागको तथ्यांकमा उल्लेख छ । 


 

Advertisment

थप समाचार