Below Menu

नागरिक लगानी कोषले कार्यान्वयनमा ल्यायो नागरिक पेन्सन योजना 

नागरिक लगानी कोषले कार्यान्वयनमा ल्यायो नागरिक पेन्सन योजना 

काठमाडौं : नागरिक लगानी कोषले नागरिक पेन्सन योजना कार्यान्वयनमा ल्याएको छ । कोषले विभिन्न संघ, संस्था एवम् श्रमिक कर्मचारी, सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक समेत सहभागी हुन सक्ने गरी यो योजना लागू गरेको हो । 

Sponsored Advertisement

यस योजनामा सहभागी हुने बचतकर्ताहरुले मासिक न्यूनतम ५ सयदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक एवम् वार्षिक रुपमा रकम जम्मा गर्न सकिने व्यवस्था समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५०० रूपैयाँभन्दा बढी कम नहुने गरी बुझाउनुपर्नेछ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागीता जनाउन सक्नेछन् ।

थप समाचार