Below Menu
Below Menu

सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? 

सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्ने प्रस्तावसहित साधारण सभा डाकेको हो । 

उक्त सभा बैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि २४.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्त गर्न लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले बैशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार बैशाख ६ गतेसम्म कायम भएका शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार