Below Menu
Below Menu

नयाँ वर्षमा शेयर बजारको खराब शुरुवातः परिसूचकसँगै घट्यो कारोबार 

नयाँ वर्षमा शेयर बजारको खराब शुरुवातः परिसूचकसँगै घट्यो कारोबार 

काठमाडौं : नयाँ वर्षको पहिलो कारोबार दिन मै शेयर बजारमा खराब शुरुवात देखिएको छ । आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सानिमा माई हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा श्रीजनशील लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Advertisment

थप समाचार